कर्णाली डेभलपमेन्ट बैंकका पूर्वअध्यक्ष राजेन्द्रवीर राय पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय २५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका छन्।

शनिबार उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले रुपन्देहीको बेलहियाबाट पक्राउ गरेको हो।

सल्यान घर भई नेपालगन्ज बसोबास गर्दै आएका राय पछिल्लो समय भारतमा लुकेर बसेका थिए। बैंकिङ कसुरअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई गत पुस १० गते समस्याग्रस्त घोषणा गर्दै व्यवस्थापन आफ्नो हातमा लिइसकेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।