काठमाडौं । आज (आइतबार) सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ।
भोटो जात्राको अवसरमा गृह मन्त्रालयले काठमाडौं, ललितपुर र भक्तपुरमा बिदा दिएको हो। गत फागुन १५ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइँदै छ। भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो। जा (भात) वला (छर्ने) भएकाले यो नाम रहन गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको भनाइ छ।
Comment