आजको पञ्चाङ्ग
काठमाडौं । २०८२ जेठ १८ गते, आइतवार, १ जुन २०२५। ज्येष्ठ शुक्लपक्ष षष्ठी तिथि। अश्लेषा नक्षत्र। चन्द्रराशि कर्कट।
आजको राशिफल
मेष : आज तपाईंका लागि दिन सामान्य छ। राजनीतिमा त्रास बढ्नेछ। जुनसुकै काम गर्दा पनि धेरै मिहिनेत गर्नुपर्नेछ। लगानीका क्षेत्रमा ढिलासुस्ती हुनेछ। शिक्षाको क्षेत्रमा भने प्रगति हुनेछ।
वृष : दिन सामान्य छ। हरेक क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्नुपर्ने बाध्यता आइपर्नेछ। साथीसँग सहकार्य गरेर सुरु गरेको कामबाट फाइदा होला। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
मिथुन : आज तपाईं धनका पछाडि लाग्दा इज्जत गुम्ने खतरा छ। व्यापारमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्ने दिन छ। मन अशान्त बन्ने जोखिम छ।
कर्कट : राम्रो काम बन्नेछ। बोलीमा सरस्वतीको बास छ। बोल्दा तीन पटक सोचेर बोल्नु उपयुक्त होला। साथीसँग सल्लाह गरेर मात्र ठुलो लगानीमा हात लगाउनु उचित हुनेछ।
सिंह : अनावश्यक यात्राले मनमा असन्तोष पैदा हुनेछ। लामो यात्रा नगर्नु राम्रो हुन्छ। आम्दानीका लागि ठुलो मिहिनेत गर्नुपर्ने दिन छ। परिवारमा बढी विश्वास गर्नाले धोका हुनेछ।
कन्या : आज तपाईंका लागि दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। सोचेको काम बन्नेछ। विरोधी कमजोर हुनेछन्। परिवारसँगको सम्बन्ध सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।
तुला : भाग्यमा शुभग्रहले साथ दिएको छ। बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ। शिक्षामा सफलताका लागि लामो समय मिहिनेत गर्नुपर्ने बाध्यता आइपर्न सक्छ।
वृश्चिक : राज्यको उच्च तहबाट साथ र सहयोग मिल्नेछ। राजनीतिक गर्ने भए महत्त्वपूर्ण नियुक्ति मिल्नसक्ने योग छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। साथीभाइले हरेक काममा सहयोग गर्नेछन्।
धनु : अप्ठेरो परिस्थितिमा परिवारको साथ मिल्नेछ। आज घुमघामको अवसर प्राप्त हुनेछ। परिवारको साथमा गरेको घुमघाम अविस्मरणीय बन्नेछ। आफन्तले प्रशंसा गर्नेछन्।
मकर : तपाईंका लागि दिन राम्रो छ। डुब्न लागेको धन हात लाग्नेछ। साथीको साथले महत्त्वपूर्ण काम बन्नेछ। शिक्षाको क्षेत्रमा भने मिहिनेत गर्नुपर्ने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
कुम्भ : आज तपाईंलाई विपक्षीले सताउने भएकाले सचेत भएर काम गर्नुपर्नेछ। हरेक ठाउँमा मिहिनेत गर्दा सफलता मिल्नेछ।
स्वास्थ्यमा सचेत बन्न खानपानमा विशेष ध्यान दिनु आवश्यक छ।
मीन : शिक्षामा प्रगति हुनेछ। थोरै बोलेर गरेको काम सफल बन्नेछ। आफ्नो योजना सहकर्मीसँगसँगै अगाडि बढाएमा नाफा होला। घर परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।
Comment