काठमाडौं । पेट्रोलियम पदार्थको भाउ बढेको छ । इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको भाउ बढाएर पठाएसँगै नेपाल आयल निगम लिमिटेडले समायोजन गर्दा मूल्य बढेको हो । बढेर आएको मूल्य अनुसार पेट्रोलमा साविकको मूल्यमा प्रतिलिटर २ तथा डिजेल र मट्टितेलमा समान १ रुपैयाँ बढाइएको छ ।
हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ३ रुपैयाँ तथा अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रति किलोलिटर २२ डलरले घटाइएको छ । यस्तै एलपीजी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ । बढेको मूल्य शनिबार मध्यराति १२ बजेपछि लागू हुनेछ ।

Comment