विराटनगर । नेपाली कांग्रेसका शिक्षा विभाग प्रमुख नैनसिंह महरले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा शिक्षा क्षेत्रलाई प्राथमिकता नदिएको भन्दै आलोचना गरेका छन्।
शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले सबै दलले २० प्रतिशत बजेट शिक्षा क्षेत्रमा छुट्याउने प्रतिवद्धता जनाए पनि सरकारले केवल १० प्रतिशत मात्र छुट्याएको बताए।
उनले बजेटमा संशोधन गरी शिक्षामा कम्तीमा २० प्रतिशत विनियोजन गर्नुपर्ने माग गर्दै यसले मात्र गुणस्तरीय र प्रविधिमैत्री शिक्षाको कार्यान्वयन सम्भव हुने बताए। साथै, उनले बजेटले सामाजिक क्षेत्र र मानव पुँजीमा कम लगानी गरेको भन्दै स्रोत व्यवस्थापन र कार्यान्वयन क्षमताको अभावमा प्रश्न उठाएका छन्।
Comment