नेपाल हस्तकला महासंघलाई ‘ललितकला प्रवर्द्धन सम्मान’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल हस्तकला महासंघले ललितकला क्षेत्रको प्रवर्द्धन र संरक्षणमा पुर्‍याएको योगदानको कदर गर्दै ‘ललितकला प्रवर्द्धन सम्मान’ प्राप्त गरेको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले महासंघलाई यो सम्मान प्रदान गरेको हो।

महासंघले विगत पाँच दशकभन्दा बढी समयदेखि हस्तकला उद्योग, कलाकार र कारीगरको प्रवर्द्धन र विकासमा निरन्तर क्रियाशील भूमिका खेल्दै आएको छ। देशभित्र र बाहिर व्यापक व्यापारिक कारोबार गर्ने यो क्षेत्रले वार्षिक ४४ अर्ब रुपैयाँभन्दा बढीको हाराहारीमा राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउँदै आएको महासंघले जनाएको छ।

हस्तकलाका सीप हस्तान्तरण, पुस्तान्तरण, विकास र अभिवृद्धिका कार्यहरूमा समेत महासंघ सक्रिय रहँदै आएको छ।

ललितकला प्रदर्शनी २०८१ को समापन समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरण पाण्डेले महासंघका अध्यक्ष रविन्द्र शाक्यलाई उक्त सम्मान प्रदान गरेका थिए।

महासंघले यस सम्मानलाई सम्पूर्ण हस्तकला क्षेत्रका लागि गौरवको विषय भएको बताएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।