राशिफल जेठ १७ : तुलाको साथीभाइसँग घुमघामको अवसर मिल्नेछ, मीनको आफन्त रुष्ट हुनेछन्, तपाईँको के ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग

काठमाडौं । २०८२ जेठ १७ गते, शनिवार, ३१ मे २०२५। ज्येष्ठ शुक्लपक्ष पञ्चमी तिथि। तिष्य नक्षत्र। चन्द्रराशि कर्कट।

आजको राशिफल

मेष : आज तपाईंका लागि दिन सामान्य छ। हरेक काममा धेरै मिहिनेत गर्नुपर्नेछ लगानीका क्षेत्रमा धन फस्ने जोखिम छ। हरेक काममा धैर्य बन्नुपर्नेछ। संकटमा परिवारको भने साथ र सहयोग मिल्नेछ।

वृष : आज तपाईंका लागि दिन कठिन छ। हातमा आइसकेको सम्पत्ति गुम्ने खतरा छ। विपक्षीको अवरोधले काम नबन्ने जोखिम छ। शिक्षाको क्षेत्रमा धेरै मिहिनेत गर्दा मात्र सफलता मिल्नेछ।

मिथुन : दिन धेरै राम्रो छ। सोचेको काम बन्दा मन शान्त बन्नेछ। शिक्षामा प्रगति हुनेछ। व्यापारमा नाफा होला। परिवारको साथमा हरेक काम सफल बन्ने योग रहेको छ।

कर्कट : महत्त्वपूर्ण अवसर प्राप्त हुनेछन्। नियमित काममा थप मिहिनेत गर्नु उचित हुनेछ। कृषि क्षेत्रको व्यापारबाट नाफा होला। साथीको सहयोगले तपाईंको काम सहजै बन्नेछ।

सिंह : दिन सामान्य छ। हरेक क्षेत्रमा संघर्ष गर्नुपर्नेछ। परिवारलाई विश्वास गर्दा असहयोग हुनेछ। प्रेमे सम्बन्धमा खटपटी बढ्ने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्ने देखिन्छ।

कन्या : आज तपाईंमाथि व्यावहारिक बोझ थपिने छ। जतिसुकै मिहिनेत गरे पनि तपाईंको कामको आलोचना हुनेछ। विरोधी सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ।

तुला : दिन धेरै राम्रो छ। सोचेको काम बन्नेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको प्रतिफल मिल्नेछ। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। साथीभाइसँग घुमघामको अवसर मिल्नेछ।

वृश्चिक : कामको तनाव बढ्नेछ। पारिवारिक जिम्मेवारी थपिने छ। महत्त्वपूर्ण उपलब्धिका लागि धेरै मिहिनेत गर्नु उचित हुनेछ। लामो समयदेखिको प्रतिक्षाको फल प्राप्त हुनेछ।

धनु : अनावश्यक यात्राले खर्च बढ्नेछ। सञ्चित धनको सुरक्षा गर्नुपर्ने दिन छ। राज्यबाट नै त्रास बढ्नेछ। व्यापारमा घाटा हुनेछ। संकटमा परिवारको साथ र सहयोग भने प्राप्त हुनेछ।

मकर : तपाईंका लागि आजको दिन राम्रो छ। शिक्षामा प्रगति हुनेछ। परिवारसँग घुमघामको अवसर प्राप्त होला। आफन्तसँगको भेटले मनमा ऊर्जा मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : आज तपाईंको सञ्चित धन खर्च हुनेछ। यात्रा नगर्नु नै राम्रो हुन्छ। व्यापारमा नाफा कमाउन थप मिहिनेत गर्नु आवश्यक छ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ।

मीन : आफन्त रुष्ट हुनेछन्। मन अशान्त बन्नेछ। सम्पत्तिका पछाडि लाग्दा इज्जत र इमेज बिग्रिने जोखिम हुनसक्छ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।