ललितपुर । नेपाल पत्रकार महासंघ ललितपुर शाखाकाे समन्वयमा क्रियाशिल पत्रकारहरूलाई लक्षित गरेर ललितपुरमा एकदिने बृहत स्वास्थ्य शिविर सम्पन्न भएकाे छ ।
जनस्वास्थ्य कार्यालय ललितपुर र बज्रबराही चापागाउँ अस्पतालकाे संयाेजन तथा पत्रकार महासंघ ललितपुरकाे समन्वयमा शुक्रबार बृहत् स्वास्थ्य शिविर सम्पन्न भएकाे हाे ।
स्वास्थ्य शिविरमा विभिन्न नसर्ने राेगहरूकाे परिक्षण, भिडियाे एक्सरे, मुटु तथा मृर्गाैला परिक्षण, आँखा, दन्त, मधुमेह, आरएफटि, एलएफटि, सिबिसी, स्त्री लगायत राेगकाे निःशुल्क परीक्षण गरिएकाे थियाे । शिविरमा ६० वर्ष नाघेका पत्रकारलाई निःशुल्क चश्मा वितरण गरिएकाे थियाे ।
ललितपुर शाखा अध्यक्ष रामहरि कार्कीले शिविरमा ७७ जना पत्रकारले स्वास्थ्य परिक्षण गरि लाभान्वित भएकाे बताए । उनले शिविर निक्कै प्रभावकारी भएकाे र पत्रकारहरूले यसबाट लाभ लिन सफल भएकाे जनाए ।
परिक्षण गरेका पत्रकारहरू मध्ये अधिकांशमा सुगर र प्रेसरकाे समस्या देखिएकाे पाइएकाे छ । ७७ मध्ये २७ जनामा सुगरकाे लक्षण र १० जनामा प्रेसरकाे लक्षण देखिएकाे बज्रबराही चापागाउँ अस्पतालका डा. अमरदिप साहले जानकारी दिए । पत्रकारहरू अरूलाई सुचना र खबरदारी गर्न दिनरात खटिरहदा आफ्नाे स्वास्थ्यमा पनि ख्याल गर्न आवश्यक रहेकाे उनकाे भनाई छ ।
बज्रबराही चापागाउँ अस्पतालका मेडिकल सुपरटेन्ड डा. अंकुर पाैडेलले पत्रकारहरू आफ्नाे स्वास्थ्यमा सचेत हुन आवश्यक रहेकाे उल्लेख गरे ।
जनस्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा. भुवन पाैडेलले पत्रकार महासंघसँग समन्वय गरेर पत्रकारहरूकाे लागि स्वास्थ्य चेकजाँच गर्न पाउँदा खुसी व्यक्त गरे । उनले यस्ता कार्यलाई निरन्तरता दिने प्रतिवद्वता समेत जनाए ।
नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशका अध्यक्ष टेनिस राेकाले स्वास्थ्य शिविर भव्य रूपमा सम्पन्न गरेकाेमा ललितपुर शाखा, जनस्वास्थ्य कार्यालय, ललितपुर र बज्रबराही चापागाउँ अस्पतालप्रति धन्यवाद व्यक्त गरे । उनले शिविर उदाहरणिय रहेकाे भन्दै अन्य जिल्लाहरूले पनि सिकेर अघि बढ्नुपर्ने बताए ।
Comment