१५ दिनअघि नेपाल भित्रियो मनसुन, सरदरभन्दा बढी वर्षा हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा यसपालिको मनसुन भित्रिएको छ। नेपालमा सरदरभन्दा १५ दिन अगावै मनसुन भित्रिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागले शुक्रबार बुलेटिन जारी गर्दै गए रातिबाटै नेपालको पूर्वी भागबाट मनसुन प्रवेश गरी कोशी प्रदेशको अधिकांश क्षेत्रमा विस्तार भइसकेको उल्लेख गरेको छ। नेपालमा मनसुन भित्रने सरदर मिति जुन १३ अर्थात् जेठ ३० गते हो। सरदरभन्दा १५ दिन अघि नै मनसुन भित्रिएको विभागको भनाइ छ।

नेपालका अन्य भू-भागमा मनसुन विस्तार हुन केही समय लाग्नेछ। नेपालमा सन् १९६८ देखि वर्षा मापन गर्न थालिएको थियो।त्यसयता छिटो मनसुन भित्रिएको अहिले हो। यसअघि ३१ मे १९९६ मा छिटो मनसुन भित्रिएको थियो।

विभागले आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ। विभागले सर्वाजनिक गरेको आगामी मनसुनको हावा पानी आकलनअनुसार यही जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जानकारी दिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।