ईभीमा कर नबढाएर ठीक गरेँ : अर्थमन्त्री पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमा विद्युतीय सवारीसाधन (ईभी) मा कर नबढाउनु उचित निर्णय भएको बताएका छन्।

शुक्रबार अर्थ मन्त्रालयमा आयोजित बजेटबारेको अन्तर्क्रियात्मक कार्यक्रममा मन्त्री पौडेलले भने, “ईभीमा कर नबढाएर ठीक गरेँ भन्ने लाग्छ।”

बजेट सार्वजनिक हुनु अघि अटोमोबाइल व्यवसायीहरूले ईभीमा कर बढ्न सक्ने आशंकामा आयात तीव्र पारेका थिए। तर सरकारको निर्णय उनीहरूको अनुमानभन्दा फरक रह्यो, र ईभीमा विद्यमान कर संरचना यथावत् राखिएको छ।

ईभी प्रवर्द्धनलाई थप प्रभावकारी बनाउन अर्थमन्त्री पौडेलले बजेटमा विद्युतीय ऊर्जाबाट सञ्चालित सवारी साधनका चार्जिङ मेसिन उत्पादन तथा एसेम्बल गर्ने उद्योगलाई कारोबार सुरु गरेको मितिले पाँच वर्षसम्म आयकर छुटको व्यवस्था गरिएको जानकारी पनि दिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।