सिमेन्ट-सुर्ती र सौन्दर्य सामग्रीमा बढ्यो कर, कुनमा कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सिमेन्ट, सुर्तीजन्य वस्तु र श्रृङ्गार सामग्रीजस्ता उपभोग्य वस्तुहरूमा कर वृद्धि गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा बजेट प्रस्तुत गर्दै कर नीतिमा कडाइ गर्ने सरकारको नीति अनुरूप निर्माण सामग्रीदेखि जनस्वास्थ्यमा असर पार्ने र विलासी उपभोग्य वस्तुहरूसम्म कर वृद्धि गरिएको घोषणा गरेका हुन्।

सिमेन्ट उद्योगमा प्रयोग हुने काठको धुलो, बाइन्डिङ केमिकल्स तथा सिमेन्ट मिसाउने अन्य सामग्रीहरूमा लाग्ने भन्सार महसुल ५ प्रतिशतबाट बढाएर १० प्रतिशत पुर्‍याइएको छ। यस्तै, अनफायर्ड मोडिफाइड क्ले मेटेरियलमा झनै कठोर नीति अपनाउँदै ५ प्रतिशतबाट १५ प्रतिशत महसुल कायम गरिएको छ। यसले निर्माण लागत बढाउने देखिएको छ, जसको प्रत्यक्ष असर पूर्वाधार विकास तथा निजी भवन निर्माण क्षेत्रमा पर्ने अनुमान गरिएको छ।

स्वास्थ्यमा प्रतिकूल असर पार्ने सुर्तीजन्य वस्तुमा पनि उल्लेखनीय रूपमा कर वृद्धि गरिएको छ। अबदेखि फिल्टर नभएको सुर्तीको मूल्य प्रति एम ७५५ रुपैयाँबाट बढेर ७७८ रुपैयाँ पुगेको छ। यस्तै, ७० मिमिसम्म लम्बाइ भएको सुर्तीमा ५२ रुपैयाँ वृद्धि भई प्रति एम १,७९२ रुपैयाँ पुगेको छ। ७०–७५ मिमिको सुर्तीमा ७१ रुपैयाँ थपिँदा मूल्य २,४४१ रुपैयाँ, ७५–८५ मिमिकोमा १५३ रुपैयाँ वृद्धि भई ३,२१३ रुपैयाँ, र ८५ मिमिभन्दा लामो सुर्तीमा २१० रुपैयाँ थपिँदा ४,४१० रुपैयाँ कायम गरिएको छ।

त्यसैगरी, विलासी तथा विदेशी सौन्दर्य सामग्रीको आयात घटाउने उद्देश्यले ट्वाइलेट श्रृङ्गार सामग्रीमा लाग्ने भन्सार महसुल ५ प्रतिशतबाट बढाएर १० प्रतिशत पुर्‍याइएको छ। सरकारले यस कदममार्फत स्वदेशी उत्पादनमा जोड दिइ स्वास्थ्य, राजस्व र व्यापार सन्तुलनमा सुधार ल्याउने संकेत दिएको छ। यद्यपि, यसले निर्माण, श्रृङ्गार तथा सुर्तीजन्य वस्तुको मूल्यमा प्रत्यक्ष असर पार्न सक्ने देखिन्छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।