काठमाडौं । यो साता कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ।
कोशी र लुम्बिनी प्रदेशको पहाड र तराईका एकदुई स्थान तथा बागमती र गण्डकीको पहाडका एकदुई ठाउँमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ।
महाशाखाका अनुसार अरु प्रदेशमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका धेरै जसो ठाउँमा बादल लाग्दै घाम लाग्ने भएकाले तापक्रम ह्वात्तै बढ्ने सम्भावना कतै पनि नरहेको मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिए।
हिजो मौसम सफा भएपछि देशभर गर्मी बढेको थियो। हिजो भैरहवामा सबैभन्दा धेरै ३८ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको थियो। यस्तै नेपालगन्जको ३७ दशमलव ९ डिग्री तथा धनगढीको ३७ डिग्री सेल्सियस पुगेको थियो।
Comment