काठमाडौ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै चालू आर्थिक वर्षको तुलनामा यो बजेट ५.६ प्रतिशतले धेरै रहेको जानकारी दिए। कुल विनियोजनमध्ये ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ चालू खर्चका लागि, ४ खर्ब ७ अर्ब ८९ करोड रुपैयाँ पुँजीगत खर्चका लागि र ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ वित्तीय व्यवस्थापनतर्फ छुट्याइएको छ।
प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि मात्र ४ खर्ब १७ अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरिएको छ। सरकारको अनुमानअनुसार कुल खर्चमध्ये १३ खर्ब १५ अर्ब रुपैयाँ आन्तरिक राजस्वबाट र ५३ अर्ब ४५ करोड रुपैयाँ वैदेशिक अनुदानबाट प्राप्त हुनेछ। त्यसरी पनि ५ खर्ब ९५ अर्ब ६६ करोड रुपैयाँको बजेट घाटा हुने भएकाले उक्त रकममध्ये २ खर्ब ३३ अर्ब ६६ करोड वैदेशिक ऋण र बाँकी ३ खर्ब ६२ अर्ब आन्तरिक ऋणबाट व्यवस्थापन गरिने योजना रहेको अर्थमन्त्री पौडेलले स्पष्ट पारे।
गत वर्ष तत्कालीन अर्थमन्त्री वर्षमान पुनले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट पेस गरेका थिए। यसपटकको बजेट संशोधित अनुमानको तुलनामा १८.२ प्रतिशतले बढी रहेको छ।
यस्तो छ कुल विनियोजन
Comment