बढेन कर्मचारीको तलब, महँगी भत्ता ५ हजार पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सरकारी कर्मचारीको तलब नबढाउने निर्णय गरेको छ। आज प्रतिनिधिसभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले तलब नबढाइने भए पनि महँगी भत्ता ५ हजार रुपैयाँ पुर्‍याइने जानकारी दिए।

महँगी र दैनिक खर्चको भारलाई ध्यानमा राख्दै सरकारले भत्ता वृद्धि गर्ने निर्णय गरेको हो। मन्त्री पौडेलले भने, “हालको आर्थिक अवस्थालाई मध्यनजर गर्दै तलब वृद्धि सम्भव नभए पनि कर्मचारीहरूको क्रयशक्ति जोगाउन महँगी भत्ता ५ हजार रुपैयाँ पुर्‍याइनेछ।”

सरकारी सेवा क्षेत्रमा कार्यरत कर्मचारीहरूका लागि यो निर्णय राहतको रूपमा हेर्ने गरिए पनि तलब नबढेकोमा केही असन्तुष्टि पनि देखिएको छ। आर्थिक मितव्ययिता र बजेट सन्तुलनका कारण सरकारले यस्तो नीति लिएको बताइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।