नागढुंगा र सिद्धबाबा सुरुङ सम्पन्न गर्न २ अर्ब ६० करोड विनियोजन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले काठमाडौँको नागढुंगा र पाल्पाको सिद्धबाबामा निर्माणाधीन रहेका दुई सुरुङ मार्ग निर्माणका लागि २ अर्ब ६० करोड विनियोजन गरेको छ।

बिहीबार संसद्‍मा आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले भने, ‘आगामी वर्षमा नागढुंगा र सिद्धबाबा सुरुङ सम्पन्न गर्न २ अर्ब ६० करोड विनियोजन गरेको छु।’

त्यस्तै सुरक्षित र भरपर्दो आवागमनका लागि द्रुतमार्ग सुरुङलाई सडक निर्माणलाई प्राथमिकता घोषणा गरेको सरकारले आर्थिक र प्राविधिकरुपमा ठिक भएका ठाउँमा मात्रै नयाँ सडक निर्माण गर्न अनुमति दिने भएको छ।

सहरी क्षेत्रमा दीगो विकासका लागि आरसीस‍ी ढलानसहितका कालोपत्र गरिने छ भने पहाडी र हिमाली क्षेत्रमा केबलकार निर्माणलाई प्रोत्साहन गरिने बजेटमा उल्लेख गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।