काठमाडौं । स्वदेशमै जलनको उपचार सेवा प्रदान गर्न सबै प्रदेशका एक-एक सरकारी अस्पतालमा विशिष्टीकृत जलन उपचार विभाग सञ्चालन गरिने भएको छ।
आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री विष्णु पौडेलले वीर अस्पतालमा जलनको सघन उपचारको लागि आधुनिक कक्ष विस्तार गरिने बताए।
यस्तै, कीर्तिपुर जलन अस्पताल र धुलिखेल जलन अस्पताललाई पुँजीगत अनुदानको व्यवस्था गरिएको छ।
Comment