काठमाडौं । सरकारले गृहिणी महिलाको सीपलाई उपयोग गर्ने कार्यक्रम अघि बढाउने भएको छ।
सडक बालबालिकालाई उद्धार र संरक्षणका पारिवारिक पुनर्मिलन गरिने र बाल हेल्पलाइन सेवालाई नागरिक सेवाको रुपमा विस्तार गरिने पनि अर्थमन्त्री विष्णु पौडेलले बताएका छन्।
परोपकार संस्थासँग सहकार्य गरिने र मानव बेचबिखन न्युनीकरण गर्न सूचना संकलनको कार्य गरिने अर्थमन्त्री पौडेलले घोषणा गरे।
हिंसापीडित महिलाका लागि पुनस्थापना गर्न ६२ करोड विनियोजन गरेको अर्थमन्त्री पौडेलले बताए।
महिला बालबालिका मन्त्रालयका लागि २ अर्ब ८ करोड बजेट विनियोजन गरिएको छ।
Comment