काठमाडौं । सातै प्रदेशमा मुटुरोग उपचारको व्यवस्था गरिने भएको छ। नयाँ बजेटमा अर्थमन्त्री विष्णु पौडेलले यसको व्यवस्था गरेको बताएका हुन्।
फागुन महिनामा सबै प्रदेशमा स्वास्थ्य शिविर सञ्चालन हुने र यसका लागि २ अर्ब ६ करोड बजेट विनियोजन गरेको उनले जानकारी दिए।
वीर अस्पतालमा जलनको उपचारका लागि आधुनिक उपचार स्थल स्थापना गर्न बजेट विनियोजन गरिने भएको छ।
निर्माणसम्पन्न अस्पताललाई स्थानीय तहसँग समन्वयन गरी चलाइने उनले बताए। यसका लागि ११ अर्ब २४ करोड बजेट विनियोजन गरिएको छ।
वीर अस्पताललाई अन्तर्राष्ट्रिय चिकित्सा उपचार उपलब्ध गराउन बजेट उपलब्ध गराएको उनले बताए।
सबै प्रकारका औषधिको जाँच बढाइने भएको छ। यी सबै कामका लागि स्वास्थ्य मन्त्रालयलाई ९५ अर्ब ८१ करोड विनियोजन गरेको उनले बताए।
Comment