काठमाडौं । सरकारले वैदेशिक लगानी भित्र्याउने र नाफा फिर्ता लैजाने नीति सहज बनाउने भएको छ।
बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले सो घोषणा गरेका हुन्।
सार्वजनिक निजी साझेदारी निर्देशनालय स्गथापना गरिने उनले बताए। नेपालमा रहेका विदेशी कम्पनीले जग्गा लिजमा लिन पाउने व्यवस्था गरिनेछ। निजी क्षेत्र परियोजनासँग ४ खर्बको परियोजनाको सम्झौता गरिने छ’ मन्त्री पैडेलले भने।
अर्थमन्त्री पौडेलका अनुसार वार्षिक आम्दानी २५ प्रतिशत विदेश लैजान पाइने छ। विदेशमा लगानी गरेर कमाएको नाफा ५० प्रतिशत नेपालमा फिर्ता गर्नुपर्ने उनले बताए।
Comment