काठमाडौं । पाँच खाल र सीमरा विशेष आर्थिक क्षेत्र निजी क्षेत्रसँगको सहकार्यमा चलाइने सरकारले घोषणा गरेको छ। मेक इन नेपाल मेड इन नेपाल निजी क्षेत्रसँगको सहकार्यमा चलाइने बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले घोषणा गरेका हुन्।
कन्चनपुरको दोधार चाँदनी सुख्खा बन्दरगाह सुरु गरिने, नेपालमा खानीजन्य क्षेत्रको अध्ययन गर्न अन्तर्राष्ट्रिय सम्मेलन गरिने र वातावरणीय मूल्यांकन गरी उपयोग र निर्यातको व्यवस्था मिलाइने अर्थमन्त्रीले घोषणा गरे।
दुर्गम र पहाडी क्षेत्रमा ढुवानीको व्यवस्था गरिने र अमलेखगञ्ज पाइपलाइन भण्डारण विस्तार गरिने पनि अर्थमन्त्री पौडेलले बताए।
Comment