सरकारले नयाँ उद्योगीलाई सुरुका ३ वर्ष भाडा छुट दिने भएको छ।
बिहीबार संसद्मा आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उद्योगीले ३ प्रतिशत निर्यात गरे विशेष उद्योग सरहको सुविधा उपलब्ध गराउने समेत जानकारी दिए।
‘उद्यो व्यवसाय दर्ताका लागि प्रविधियुक्त बनाइने छ, नयाँ उद्योगलाई सुरुका ३ वर्षका भाडा छुट दिइने छ,’ बजेट बाचन गर्दै अर्थमन्त्री पौडेलले भने, ‘उद्योगीले ३ प्रतिशत निर्यात गरे विशेष उद्योग सरहको सुविधा उपलब्ध गरिने छ।’
त्यस्तै सरकारले स्टार्टपमा युवाको संख्या बढाउन ३ प्रतिशत ब्याज उपलब्ध गराउन ७३ करोड रुपैयाँ विनियोजन समेत गरेको छ।
‘काम खोज्ने होइन, काम दिने युवाको संख्या बढाउन स्टार्टप बनाउन सहजीकरण गरिनेछ,’ बजेटमा भनिएको छ, ‘स्टार्टप उद्यमीलाई सहुलियत कर्जा अनुसार ३ प्रतिशत ब्याज उपलब्ध गराउन ७३ करोड विनियोजन गरेको छु।’
त्यस्तै सरकारले औद्योगिक क्षेत्र निर्माणका लागि १ अर्ब ५० करोड विनियोजन गरेको छ।
Comment