काठमाडौं । बाली लगाउने समयभन्दा १५ दिनअघि नै समर्थन मूल्य तोकिने अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बताएका छन्।
बिहीबार बजेट भाषणका क्रममा मन्त्री पौडेलले सो घोषणा गरेका हुन्।
उनले खरिदको व्यवस्था मिलाइने छ तथा खाद्यान्न, तरकारी, मासु र दुग्धजन्य पदार्थको गुणस्तर परीक्षणको व्यवस्था गरिने बताए।
उनले भने, ‘अखाद्य देखिएमा कारबाहीको व्यवस्था गरेको छु।’
मन्त्री पौडेलले घूम्ति शिविरमार्फत माटो परीक्षणको व्यवस्था गर्ने, खोरेँत क्षेत्र घोषणाका लागि सिन्धुली र मकवानपुरमा विशेष कार्यक्रम सुरु हुने, बाँदर जोखिमको क्षेत्रमा सिमल, तरुल, बेसार लगाउन प्रोत्साहित गरिने लगायतका कार्यक्रम बजेटमार्फत घोषणा गरे।
Comment