आगामी वर्षका लागि मल, बीउ र पुँजीमा ३ अर्ब ५० करोड विनियोजन, चामल आत्मनिर्भरता लक्ष्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कृषि क्षेत्रमा महत्वपूर्ण बजेट विनियोजन गरेका छन्। आज संसद्मा बजेट प्रस्तुत गर्दै उनले मल, बीउ र पुँजीका लागि ३ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए।

सिंचाइको पहुँच विस्तार गर्ने योजनाअन्तर्गत आगामी वर्ष ६ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याइनेछ। साथै, कृषि उत्पादनलाई क्षेत्रीय विशेषताको आधारमा बढावा दिने उद्देश्यले जोन र सुपर जोनको दायरा पनि विस्तार गरिने भएको छ।

अर्थमन्त्री पौडेलले दुई वर्षभित्र मुलुकलाई चामलमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको बताए। यसै सन्दर्भमा तराई र भित्री मधेश क्षेत्रमा चैते धानको उत्पादन बढाउन ३३ करोड रुपैयाँ छुट्याइएको छ। साथै, रासायनिक मलमा अनुदानका लागि थप २८ करोड रुपैयाँ विनियोजन गरिएको छ।

सरकारको यो बजेटले कृषि क्षेत्रमा स्वदेशी उत्पादनमा भर पर्ने नीति अवलम्बन गर्ने स्पष्ट संकेत दिएको छ। यसबाट किसानलाई प्रोत्साहन मिल्ने र आयातमा निर्भरता घटाउने विश्वास गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।