काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा रोजगारी वृद्धि र आधुनिक प्रविधिको प्रयोगमार्फत आर्थिक क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।
बिहीबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले गरिबी निवारण, सार्वजनिक–निजी लगानी वृद्धि, सामाजिक संरक्षण तथा सुशासन प्रवर्द्धन बजेटका प्रमुख उद्देश्य रहेको स्पष्ट पारे।
उनका अनुसार दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्दै समृद्धिको आधार निर्माण गर्ने बजेटको मूल लक्ष्य हुनेछ।
Comment