काठमाडौं । काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अर्थतन्त्र सकारात्मक लयतर्फ उन्मुख भएको बताएका छन्।
आर्थिक वर्ष २०८२/८३ को बजेट भाषणका क्रममा संसदमा बोल्दै मन्त्री पौडेलले चालु आर्थिक वर्षमा ४.६ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरिएको बताए। गत आर्थिक वर्षमा यो दर ३.७ प्रतिशत रहेको थियो।
उनका अनुसार गत आर्थिक वर्षमा ऋणात्मक वृद्धिदर देखिएका उद्योग, निर्माण, थोक तथा खुद्रा व्यापार लगायतका क्षेत्रमा यस वर्ष भने धनात्मक वृद्धिदर देखिने अनुमान गरिएको छ।
विद्युत, वित्तीय र पर्यटन क्षेत्रमा उल्लेखनीय सुधार
मन्त्री पौडेलका अनुसार विद्युत, यातायात, भण्डारण, वित्तीय तथा बीमा सेवामा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ। चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा ३३९ मेगावाट विद्युत् उत्पादन थपिएको जानकारी दिँदै उनले ऊर्जा क्षेत्रमा प्रगति भएको बताए।
त्यस्तै, पर्यटकीय क्षेत्रमा समेत सुधार देखिएको उल्लेख गर्दै मन्त्री पौडेलले २०८२ सालको वैशाख मसान्तसम्म ९ लाख २३ हजार पर्यटक नेपाल भित्रिएको जानकारी दिए। यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३ प्रतिशतले बढी हो।
मुद्रास्फीति नियन्त्रणमा
अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षको चैत्र महिनासम्म मुद्रास्फीति ३.४ प्रतिशतमा सीमित भएको पनि जानकारी दिए।
उनले समग्रमा मुलुकको अर्थव्यवस्था पुनः लयमा फर्किँदै गएको र आगामी वर्षमा अझै सुधार हुने अपेक्षा रहेको बताए।
Comment