चालू आवको बजेट ८९ प्रतिशत मात्रै खर्च हुने, राजस्व १७ प्रतिशतले बढ्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०८१/८२ मा कुल विनियोजनमध्ये ८९.४ प्रतिशत बजेट मात्र खर्च हुने संशोधित अनुमान सार्वजनिक गरेको छ। अर्थमन्त्री विष्णु पौडेलका अनुसार १६ खर्ब ६२ अर्ब ३७ करोड रुपैयाँ खर्च हुने देखिएको छ।

चालू खर्चतर्फ ८८.०५ प्रतिशत, पुँजीगततर्फ ८३.०४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ९७.०६ प्रतिशत खर्च हुने अनुमान छ।

यस वर्ष राजस्व १७.०१ प्रतिशतले बढेर १२ खर्ब ६७ अर्ब ३९ करोड पुग्नेछ। वैदेशिक सहायता अनुदान ३४ अर्ब ८९ करोड र ऋण १ खर्ब ६९ अर्ब ६० करोड रहनेछ। आन्तरिक ऋण परिचालन ३ खर्ब ६० अर्ब पुगेको छ।

तत्कालीन अर्थमन्त्री वर्षमान पुनले चालू वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट प्रस्तुत गरेका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।