आर्थिक सर्वेक्षण : यस वर्ष सबै बालीकाे उत्पादन बढ्ने अनुमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सरकारले चालू आर्थिक वर्ष २०८०/८१ मा सबै प्रकारका बालीको उत्पादनमा सामान्य वृद्धि हुने प्रक्षेपण गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले संसद्मा प्रस्तुत गरेको आर्थिक सर्वेक्षणअनुसार खाद्यान्नदेखि औद्योगिक बालीसम्मको उत्पादनमा सकारात्मक वृद्धि देखिएको छ।

सर्वेक्षणअनुसार धान, गहुँ, मकै लगायत खाद्यान्न बालीको उत्पादन २.६७ प्रतिशतले बढ्नेछ भने नगदेबाली उत्पादन २.०१ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ।

त्यस्तै, औद्योगिक बाली ४.४२ प्रतिशत, दलहन ३.२९ प्रतिशत, मसलाबाली ११.६४ प्रतिशत, फलफूल ०.१७ प्रतिशत र तरकारी उत्पादन ६.६८ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ।

चालू आवमा धानबाली उत्पादन ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४.०४ प्रतिशतले बढी हो। धानबालीको औसत उत्पादकत्व पनि ५.३८ प्रतिशतले बढेर प्रतिहेक्टर ४.१९ मेट्रिक टन पुगेको छ।

कृषिमा खाद्यान्न बालीको योगदान सबैभन्दा बढी रहेको देखिएको छ। कुल बाली उत्पादनमा खाद्यान्न बालीको हिस्सा ४५.५२ प्रतिशत, तरकारी १८.५९ प्रतिशत, नगदेबाली १५.१५ प्रतिशत, औद्योगिक बाली ११.४७ प्रतिशत र फलफूल ५.९३ प्रतिशत रहेको छ।

गत आर्थिक वर्षको तुलनामा यो वर्ष खाद्यान्न र तरकारीको हिस्सामा सामान्य वृद्धि, भने फलफूल र नगदेबालीको हिस्सामा केही कमी देखिएको छ।

आर्थिक वर्ष २०८१/८२ मा खेतीयोग्य जमिनमध्ये ७०.९६ प्रतिशत क्षेत्रमा खाद्यान्न बाली लगाइएको छ। यस्तै, नगदेबाली ९.९८ प्रतिशत, तरकारी ६.९६ प्रतिशत र दलहन ५.६१ प्रतिशत क्षेत्रमा खेती गरिएको छ।

सरकारले कृषि उत्पादन वृद्धिलाई आर्थिक स्थायित्व र खाद्य सुरक्षाको प्रमुख आधार मानेर अघि बढिरहेको छ। उत्पादनमा आएको यो वृद्धि जलवायु, प्रविधिको प्रयोग र किसानको मेहनतको संयुक्त परिणाम भएको कृषि मन्त्रालयले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।