बढ्यो वित्तीय पहुँच, सबै स्थानीय तहमा पुग्यो बैंक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा वित्तीय पहुँच उल्लेख्य रूपमा विस्तार भएको छ। चालू आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षण संसद्मा प्रस्तुत गर्दै सरकारले देशका सबै स्थानीय तहमा बैंक शाखा पुगेको जानकारी दिएको छ।

सर्वेक्षणको सारांश प्रतिवेदन अनुसार हाल बैंङ्क तथा वित्तीय संस्थाका प्रति शाखाबाट औसत २,५२७ जनसंख्याले बैंकिङ सेवा उपयोग गरिरहेका छन्, जुन विगतको तुलनामा वित्तीय समावेशीकरणतर्फको ठूलो प्रगति मानिएको छ।

२०८१ सालको फागुन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप ९.५ प्रतिशतले वृद्धि भई उच्च वित्तीय गतिशीलता देखिएको छ। त्यस्तै, निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.७ प्रतिशतले वृद्धि भएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकांक पनि सोही अवधिमा २७३६.४९ बिन्दुमा पुगेको छ, जसले पूँजी बजारमा समेत सुधारको संकेत गरेको छ।

बीमा क्षेत्रमा समेत पहुँच विस्तार भइरहेको देखिन्छ। जीवन बीमाको पहुँच हाल ४४.१७ प्रतिशत जनसंख्यामा पुगेको छ, जुन बीमा संस्कृति विस्तारतर्फको सकारात्मक संकेत हो।

सरकारले वित्तीय पहुँच अझ विस्तार गर्दै समावेशी र दिगो आर्थिक विकासको आधार बलियो बनाउने लक्ष्य लिएको बताइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।