काठमाडौं । नेकपा (एमाले)का नेता लालबाबु पण्डित पत्नीशोकमा परेका छन् । पूर्वमन्त्री पण्डितकी पत्नी विमला महतको गएराति उपचारका क्रममा निधन भएको हो ।
पण्डित स्वयंले सामाजिक सञ्जालमार्फत सो जानकारी दिएका हुन् । विमला केही वर्षयता घातक रोगबाट ग्रसित थिइन् ।
विसं २०२२ साल असोज २ गते ललितपुरमा जन्मिएकी विमलाको ६० वर्षमा निधन भएको हो ।
Comment