काठमाडौं । गणतन्त्र दिवसका क्रममा काठमाडौंमा हुने विभिन्न कार्यक्रम व्यवस्थापनका क्रममा राप्रपालाई दिउँसो साढे २ बजेपछि मात्रै रत्नपार्क प्रवेश अनुमति दिइने भएको छ । काठमाडौंमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) ऋषिराम तिवारीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले त्यस्तो निर्णय गरेको हो । यदि निर्धारित समयअगावै कोही त्यस स्थानमा प्रवेश गर्न खोजे नियन्त्रण गरिने भएको छ । सैनिक मञ्च, टुँडिखेलमा सरकारले आयोजना गर्ने कार्यक्रम १२ बजेभित्र सकिने, त्यसपछि एमालेको उत्सव भृकुटीमण्डपमा सुरू हुने तालिका छ ।
Comment