काठमाडौं । काठमाडौंको कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा गत फागुनदेखि प्यारापिट र फ्लडलाइट निर्माणको काम भइरहेको छ । फागुन २० देखि औपचारिक रूपमा सुरु भएको निर्माण कार्य वैशाख २४ गतेभित्रै सक्ने भनिएपनि समयमा सम्पन्न हुन सकेन । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा २ महिना समय थप गरेर तीव्र रूपमा निर्माण कार्य जारी छ । पहिलो चरणमा रङ्गशालाको पश्चिम र पूर्वतर्फ गरी जम्मा १० हजार दर्शक अट्ने प्यारापिट निर्माण भइरहेको छ। यो प्यारापिटलाई १२ भागमा विभाजन गरिएको र तीमध्ये आज पहिलो भागको ढलान सुरू गरिएको हो। सबै कार्य जेठ महिनाको अन्त्यसम्म सम्पन्न गर्ने लक्ष्य छ।’
Comment