एजेन्सी । खाद्य सहयता लिने क्रममा गाजामा तीन जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन। हजारौं भोकभोकै रहेका प्यालेस्टिनीहरूले खाना प्राप्त गर्न अमेरिकी समर्थन प्राप्त र इजरायलद्वारा समर्थन गरिएको विवादास्पद सहायता संस्था गाजा ह्युम्यानिटेरियन फाउन्डेसनतर्फ धाउँदा तीनको मृत्युभएको हाे । । प्रत्यक्षदर्शीहरूकाअनुसार भिड अराजकता भएकाे गाेली चलेकाे र माथिबाट इजरायली हेलिकप्टरहरूको घुमिरहेका थिए । इजरायली सेनाले उनीहरूले सीधै भीडमाथि गोली नचलाएको, केवल चेतावनी स्वरूप बाह्य क्षेत्रमा गोली हानेको दाबी गर्दै अब अवस्था नियन्त्रणमा आइसकेको र राहत वितरण जारी रहने बताएको छ।
Comment