उपमेयरको नेतृत्वमा बालेनलाई सबै कार्यपालिका सदस्यको पत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उपमेयर सुनिता डंगोलको नेतृत्वमा कार्यपालिका बैठकको माग गर्दै मेयर बालेन शाहलाई पत्र बुझाएका छन्। उनीहरुले ७ दिनभित्र बैठक राख्न माग गरेका छन्। पत्रमा पौष १४ गतेदेखि नगर कार्यपालिकाको बैठक बस्न नसकेको उल्लेख छ। बैठक माग गर्ने पत्रमा रास्वपाबाट निर्वाचित एक मात्र वडाध्यक्ष रोजिना श्रेष्ठले पनि हस्ताक्षर गरेकी छन् । उनी निर्वाचित भएपछि महानगरपालिकाको कार्यपालिका बैठक एक पटक पनि बस्न सकेको छैन ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।