‘बत्ती गयो भनेर हल्ला गरे कारबाही हुन्छ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले विद्युत् अवरुद्ध नभएको बेला गलत हल्ला फैलाउन र त्यसो गरेको पाइएमा कारबाही गरिने बताएका छन् । आइतबार साँझ कुलेश्वरस्थित नो लाइट शाखाअन्तर्गत विभिन्न स्थानमा देखिएको विद्युत् आपूर्ति समस्या, उपभोक्ताको गुनासो तथा सम्भावित प्राविधिक कठिनाइबारे जानकारी लिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री खड्काले यस्तो बताएका हुन्। खड्काले विद्युत् नबिग्रिएको अवस्थामा पनि ‘बत्ती गयो’ भनेर आतंक फैलाउनेहरूलाई कानुनी दायरामा ल्याइने चेतावनी दिए । नो लाइट शाखामा विद्युत् आपूर्ति भइरहे पनि नभएको भन्दै फोन आउने गरेको र क्रस चेक गर्दा विद्युत् आपूर्ति भइरहेको पाइएकाले त्यस्ता कलकर्ताहरूको नम्बर टिपेर प्रहरीलाई दिन आग्रह गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।