पायोनियर एसोशिएटको ‘ १९ औँ वार्षिकोत्सव समारोह तथा ZenithFlow.ERP सेवा उद्घाटन कार्यक्रम ’ सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर । सहकारी क्षेत्रको डिजिटल रूपान्तरणतर्फ अग्रसर पायोनियर एसोशिएट प्रा.लि.ले आफ्नो १९ औं वार्षिकोत्सव समारोह तथा ZenithFlow.ERP सेवा उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम ललितपुरको हरिहर भवनस्थित राष्ट्रिय सहकारी महासंघको हलमा आयोजित गरिएको थियो।

कार्यक्रमको अध्यक्षता पायोनियर एसोशिएटका प्रबन्ध निर्देशक पायनर के.सी. ले गरेका थिए भने प्रमुख अतिथिका रूपमा राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष तथा संविधानसभा सदस्य ओम देवी मल्ल सहभागी थिइन्।

कार्यक्रममा सहकारी तथा प्रविधि क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थितिले समारोहलाई विशेष बनायो। सहभागीहरूमा वाग्मती प्रदेश सहकारी संघ लिमिटेडका अध्यक्ष रामशरण शर्मा घिमिरे, ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रामहरि बजगाई, खल्तीका सीईओ विनय खड्का, iMark का सीईओ राम ढुंगाना, ईसेवाबाट सरोज भुर्तेल, जानकी टेक्नोलोजीका सीईओ मनोज थापा, सिल्भर लाइनिङका CTO प्रदिप लामिछाने, डिजिटल एजकी प्रबन्ध निर्देशक दिव्या दलि, र सेन्ट्रल माइक्रो फाइनान्सका पूर्व सीईओ नरेस नेपाल लगायत रहेका थिए।

कार्यक्रममा टेक्निकल सल्लाहकार राजन कुमार श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए भने सिनियर अपरेसन म्यानेजर सन्दिप राज भाट ले कम्पनीको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। उनका अनुसार, पायोनियर एसोशिएटले ४ सयभन्दा बढी सहकारीमा मोबाइल बैंकिङ सेवा, ८ हजारभन्दा बढी कलेक्टरहरूद्वारा सञ्चालनमा कलेक्टर एप, मोबाइल काउन्टर सेवा, एक लाखभन्दा बढी सहकारी कर्मचारीलाई तालिम, ६३ जिल्लामा सेवा विस्तार र विभिन्न शाखा स्थापनाजस्ता महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ।

यसै अवसरमा सार्वजनिक गरिएको ZenithFlow.ERP प्रणालीले सहकारी तथा अन्य संघ-संस्थाहरूको सम्पूर्ण व्यवस्थापनलाई डिजिटल र एकीकृत रूपमा सञ्चालन गर्न सक्ने अत्याधुनिक सुविधा उपलब्ध गराउनेछ। यस प्रणालीमा User Management, CRM, Project Management, HR & Payroll, Mobile App Support, Biometric Integration लगायतका फिचरहरू समावेश छन्।

प्रमुख अतिथि ओम देवी मल्लले प्रविधिमा आधारित सहकारी प्रणालीको आवश्यकता औंल्याउँदै ZenithFlow.ERP जस्ता समाधानले सहकारी व्यवस्थापनलाई स्मार्ट र पारदर्शी बनाउने विश्वास व्यक्त गरिन्। साथै उनले सहकारी एकीकरण र सफ्टवेयर मापदण्ड निर्धारणको प्रक्रिया पनि अगाडि बढिरहेको जानकारी दिइन्।

कार्यक्रममा लामो समयदेखि सेवा लिइरहेका सहकारी संस्था तथा प्रविधि साझेदारहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो। सम्मानित संस्थाहरूमा सहकारी ऋण कोस, नवदुर्गा बचत तथा ऋण सहकारी, अष्ट सिद्दि सहकारी, नक्षेत्र सहकारी लगायत रहेका थिए।

अन्त्यमा, सहभागी अतिथि र प्राविधिक प्रतिनिधिहरूले ZenithFlow.ERP ले सहकारी तथा अन्य संघ-संस्थाहरूको कार्यसम्पादनलाई अझ स्मार्ट, पारदर्शी र परिणाममुखी बनाउने अपेक्षा व्यक्त गरे।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।