डोल्पामा यार्सा संकलकबीच झडप, सशस्त्र प्रहरीद्वारा हवाई फायर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलन गर्न गएका समूहबीच झडप भएको छ । शनिबार दिउँसो सिमाना विवाद उत्पन्न भएपछि काइके गाउँपालिका-२ र ठुलिभेरी नगरपालिका-१ थालाका स्थानीयबीच झडप भएको सशस्त्र प्रहरी बलले जनाएको छ । रुकुम पूर्वको मैकोट गाउँपालिका र डोल्पाको काईके गाउँपालिका तथा ठुली भेरी नगरपालिकाका स्थानीयबीच यार्सागुम्बा संकलनमा सीमा क्षेत्रका विषयमा विवाद भएको थियो । त्यसपछि करिब ६००/७०० जनाको संख्यामा रहेका उनीहरूबीच झडप भएको सशस्त्र प्रहरीले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।