वडा अध्यक्ष कप फुटबल जेठ १५ देखि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । तेस्रो वडा अध्यक्ष कप अन्तरविद्यालय फुटबल प्रतियोगिता जेठ १५ गतेदेखि हुने भएको छ।

काठमाडौं महानगरपालिका वडा–७ को आयोजनामा अन्तरविद्यालय प्रतियोगिता हुन लागेको हो। प्रतियोगितामा १६ छात्र टोलीको सहभागिता रहने आयोजक वडा अध्यक्ष विमलकुमार होडाले जानकारी दिए। चाबहिल स्पोर्ट्स क्लबको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले १५ हजार नगद पुरस्कार पाउनेछन्।

सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट डिफेन्डरलाई जनही दुई हजार पाँच सय नगदबाट पुरस्कृत गरिनेछ। एनआइसी एकेडेमी साबिक विजेता हो। पहिलो संस्करणमा नोब्स च्याम्पियन बनेको थियो। प्रतियोगिताका लागि करिब तीन लाख पाँच हजार रूपैयाँ खर्च हुने आयोजकले जनाएको छ। जेठ २१ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू चाबहिलमा हुनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।