काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्कासन अुनमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कम्पनीलाई चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर निष्कासन अनुमति दिएको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरमा ६५ लाख ७६ हजार ९३७ कित्ता हकप्रद सेयर निष्कासन अनुमति पाएको छ । यसअघि नै कम्पनीले निष्कासन तथा बिक्री प्रवन्धकको रुपमा एनआईएमबी एस क्यापिटललाई नियुक्त गरिसकेको छ ।
Comment