बाबुराममाथि प्रचण्डको कडा प्रहार “बाबुराम, कस्तो बुद्धि नभएका डाक्टर”

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुकुमपूर्व । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईप्रति तीव्र आलोचना गरेका छन्। बुधबार रुकुम पूर्वमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले डा. भट्टराईलाई “सबैभन्दा बुद्धि नभएका डाक्टर” भनी टिप्पणी गरेका हुन्।

पत्रकारले डा. भट्टराईसँग पार्टी एकताको सम्भावना बारे प्रश्न गर्दा प्रचण्डले आक्रोशित शैलीमा जवाफ दिँदै भने, “सबैभन्दा बुद्धि नभएको डाक्टर भनेर चिन्छन् मान्छेले। त्यस्तासँग के गरी एकता गर्ने?”

उनले पछिल्लो निर्वाचनको सन्दर्भ कोट्याउँदै गोरखा क्षेत्रबाट उम्मेदवारी दिनु पार्टी एकताको प्रस्तावसँगै भएको बताए। “गोरखाबाट लड्दा चुनाव मात्रै होइन, पार्टी पनि एउटै बनाउने भनिएको थियो। तर उहाँले पछि कम्युनिस्टको नाम सुन्नै चाहनुभएन,” उनले स्पष्ट पारे।

प्रचण्डले डा. भट्टराईको विचारधारात्मक विचलनप्रति प्रहार गर्दै थपे, “कम्युनिस्ट पार्टी नभन्ने, मार्क्सवाद नभन्ने रे। त्यस्तोसँग के गरी एकता गर्ने? अब त पूरै प्रतिक्रियावादीसँग मिल्नुभएको छ। प्रतिक्रियावादीले पनि पत्याउँदैनन् आजभोलि। देशभरि हाँसोको पात्र बन्नुभएको छ।”

प्रचण्डको यो अभिव्यक्तिले माओवादी आन्दोलनका दुई पूर्व शीर्ष नेताबीचको वैचारिक तथा व्यक्तिगत दूरी पुनः सतहमा ल्याएको छ। नेपालका दुई पूर्वप्रधानमन्त्रीबीच यस्तो कठोर आलोचना सार्वजनिक रूपमा आउनु राजनीतिक वृत्तमा चासोको विषय बनेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।