काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स कम्पनीको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज बिहीबार (जेठ २२) अन्तिम दिन हो। कम्पनीले बुक क्लोजको मिति जेठ ११ गते आइतबार तय गरेकाले सो मितिसम्म कायम रहेका सेयरधनीले मात्र लाभांश प्राप्त गर्न सक्नेछन्।
कम्पनीले आगामी जेठ २५ गते वार्षिक साधारण सभा बोलाएको छ। सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ।
उक्त सभाले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ४.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। कुल ४.७५ प्रतिशत लाभांश वितरण गर्ने तयारी कम्पनीले गरेको छ।
सेयरधनीले लाभांश प्राप्त गर्नका लागि आजैसम्म आफ्नो नाम कम्पनीको सेयर रजिष्ट्रारमा अद्यावधिक गराइसक्नुपर्नेछ।
Comment