१० महिनामा निर्यात ७२.७१% ले बढ्यो, व्यापार घाटा भने अझै १२ खर्ब

आर्थिक वर्षको १० महिनामा सबैभन्दा धेरै आयात भएको वस्तु डिजेल हो। नेपालले यस अवधिमा १ खर्ब २ अर्ब ३८ करोड रुपैयाँ बराबरको डिजेल आयात गरेको छ।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा नेपालले १६ खर्ब ९२ अर्ब ९ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ। अघिल्लो वर्षको यही अवधिको तुलनामा यो १८.३७ प्रतिशतले बढी हो। यद्यपि निर्यातमा उल्लेखनीय वृद्धि भए पनि आयातमा कमी नआएपछि व्यापार घाटा अझै उच्च नै देखिएको छ।

भन्सार विभागका अनुसार साउनदेखि बैशाखसम्मको अवधिमा नेपालले १४ खर्ब ७४ अर्ब ४१ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १३.११ प्रतिशतले वृद्धि भएको हो। सोही अवधिमा निर्यात २ खर्ब १७ अर्ब ९१ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ७२.७१ प्रतिशतले बढी हो।

निर्यातमा सुधार देखिए पनि आयातको दर उच्चै रहेकाले नेपालको व्यापार घाटा १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.७२ प्रतिशतले वृद्धि हो।

डिजेल आयातमै १ खर्ब बढी खर्च

आर्थिक वर्षको १० महिनामा सबैभन्दा धेरै आयात भएको वस्तु डिजेल हो। नेपालले यस अवधिमा १ खर्ब २ अर्ब ३८ करोड रुपैयाँ बराबरको डिजेल आयात गरेको छ।

त्यसपछि सबैभन्दा धेरै आयात हुने वस्तु कच्चा सोयाबिन तेल हो, जसको आयात मूल्य ८१ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ। तेस्रो स्थानमा पेट्रोल रहेको छ, जसको आयात ५३ अर्ब ५ करोड रुपैयाँ बराबरको भएको छ। चौथो स्थानमा खाना पकाउने एलपी ग्यास पर्दछ, जसको आयात ५१ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ।

वैदेशिक व्यापारमा वृद्धि हुनु सकारात्मक संकेत भए पनि निर्यातको दायरा विस्तार नगर्दा र आयातमा निर्भरता कम नगर्दा नेपालको व्यापार घाटा अझै गम्भीर चुनौतीका रूपमा देखिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।