धादिङमा पाँचौं नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरीय हस्तलेखन प्रतियोगिता हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ । धादिङको नेत्रावती डबजोङ्ग गाउँपालिका–१, मार्पाकमा अवस्थित श्री निरञ्जना माध्यमिक विद्यालयमा आगामी जेठ ९ गते ‘पाँचौं नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरीय हस्तलेखन प्रतियोगिता–२०८२’ आयोजना हुने भएको छ।

प्रतियोगिता नेत्रावती डबजोङ्ग गाउँपालिका वडा नम्बर–१ को संरक्षणमा र श्री निरञ्जना माध्यमिक विद्यालयको संयोजनमा, मार्पाक सामुदायिक क्लबको आयोजनामा तथा श्री निरञ्जना एसइई ब्याच २०५६ को सह–आयोजनामा सम्पन्न हुनेछ। यस प्रतियोगिताको मुख्य प्रायोजकमा चन्द्र ब. – बुनादेवी अधिकारी अक्षयकोष समिति रहेका छन्।

पाँचौं संस्करणको प्रतियोगितामा गाउँपालिकाभरिका विद्यालयका कक्षा ५ देखि कक्षा १० सम्मका विद्यार्थीहरू सहभागी हुन पाउनेछन्। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूले नगदसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् भने चौथो र पाँचौं स्थान प्राप्त गर्ने ३ जनालाई नगद र प्रमाण–पत्र प्रदान गरिनेछ। त्यस्तै, छैठौं स्थान प्राप्त ४ जनालाई आकर्षक उपहारसहित प्रमाण–पत्र दिइनेछ र बाँकी सहभागी सबैलाई सान्त्वना स्वरूप सहभागिताको प्रमाण–पत्र प्रदान गरिनेछ।

कार्यक्रम संयोजक तथा मार्पाक सामुदायिक क्लबका महासचिव काजिराम अधिकारीका अनुसार, प्रतियोगिताले विद्यार्थीहरूको सृजनात्मक क्षमता अभिवृद्धि गर्न तथा नेपाली भाषाको शुद्ध लेखन अभ्यासमा टेवा पुर्‍याउने उद्देश्य राखेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।