पछिल्लो समय चिया पसलमा समेत मान्छेले सोध्न थालेका छन्– ओली सरकार ढल्नै लागेको हो र ? स्वयं एमालेकै नेता–कार्यकर्ताले समेत प्रश्न सोधेर हैरान पार्न थालेका छन् ।
सरकार ढल्न लागेको चर्चा (हल्ला ?) बारे प्रधानमन्त्री केपी शर्मा ओली पनि बेखबर छैनन् । बैशाख दोस्रो साता उनले एमाले संसदीय दलको बैठकमै आफ्नै नेता–कार्यकर्तालाई ‘सरकार ढल्दैन, ढुक्क हुनोस्’ भनेर आश्वस्त पार्नु परेको थियो ।
बैंककबाट फर्केका कांग्रेस सभापति शेरबहादुर देउवाको भनाइको सहारा लिँदै प्रधानमन्त्री ओलीले एमाले कार्यकर्तालाई सरकार नढल्ने विश्वास दिलाए ।
पार्टी चलायमान हुन नसकेर लगभग बेरोजगारजस्तै बनेका एमाले कार्यकर्तालाई एमाले अध्यक्ष ओलीले ०८४ को चुनावको तयारीमा लाग्न निर्देशनसमेत दिए ।
बहुमत छ, तर सरकार ढल्ने हल्ला छ
बैंककबाट फर्केका कांग्रेस सभापति शेरबहादुर देउवाको भनाइको सहारा लिँदै प्रधानमन्त्री ओलीले एमाले कार्यकर्तालाई सरकार नढल्ने विश्वास दिलाए । पार्टी चलायमान हुन नसकेर लगभग बेरोजगारजस्तै बनेका एमाले कार्यकर्तालाई एमाले अध्यक्ष ओलीले ०८४ को चुनावको तयारीमा लाग्न निर्देशनसमेत दिए ।
बहुमत छ, तर सरकार ढल्ने हल्ला छ
तर, यति हुँदाहुँदै पनि सरकार ढल्ने हल्लाले सत्तारुढ दलकै नेता–कार्यकर्ताहरु ग्रसित हुँदै आएका छन् । र, प्रधानमन्त्रीको ऊर्जा सरकार ढल्दैन भनेर स्पष्टीकरण दिँदैमा बितिरहेको छ ।
विपक्षी माओवादी, रास्वपा लगायतका दलहरु मिल्दा पनि सरकार ढाल्ने बहुमत जुट्दैन । यस्तो अवस्थामा सरकार ढल्छ भन्ने आधार देखिएको छैन । तर, सुविधाजनक बहुमत हुँदा पनि ओली सरकारको स्थायित्वलाई लिएर प्रश्न उठिरहेकै छ । सरकारले जनतामा राजनीतिक स्थायित्वको सन्देश दिन सकिरहेको छैन । ठूला दलको सरकार भएर पनि ‘डिफेन्सिभ’ स्थितिमा सरकार चलिरहेको अवस्था छ ।
गत असार ३० मा प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले १० महिना गुजारिसकेका छन् । अब राजनीति स्वाभाविकरुपमै अघि बढेको खण्डमा सातबुँदे सहमतिअनुसार नै ओली ०८३ असारको अन्तिम सातासम्म प्रधानमन्त्री पदमा रहनेछन् । अब उनको कार्यकाल सकिन लगभग १३ महिना बाँकी छ ।
संसदमा बलियो अंकगणित लिएर बसेका प्रधानमन्त्री ओली गत वर्षदेखि नै आफ्नो हरेक भाषणमा सरकार नढल्ने र ०८४ सालसम्मै कांग्रेस–एमाले गठबन्धन कायम रहने बताउन छुटाउँदैनन् ।
सरकार ढाल्नका लागि यतिबेला माओवादी, रास्वपा लगायतका विपक्षी दलले प्रयास गरेको पनि कतै देखिँदैन । तैपनि ‘सरकार ढाल्न खोज्नेहरु’ जुर्मराएको भन्दै ओली कुनै अमूक शत्रुको कामना गर्छन् र बारम्बार भनिरहन्छन्– सरकार ढल्दैन, यो सरकार ०८४ सम्मै चल्छ ।
हुँदा–हुँदा प्रधानमन्त्री ओली र उनको सचिवालय प्रचारयुद्धमा आफैं मैदानमा उत्रिसकेको अवस्था छ ।
Comment