सान्भि इनर्जीले जेठ ९ गतेदेखि आईपीओ निष्काशन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सान्भि इनर्जी लिमिटेडले जेठ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल २४ लाख १५ हजार ३०० कित्ता शेयर जारी गर्दैछ।

यसअघि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरिसकेको कम्पनीले अब सर्वसाधारणलाई लक्षित गर्दै शेयर निष्काशन गर्न लागेको हो। न्यूनतम १० र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। आवेदनको अन्तिम म्याद जेठ १३ गतेसम्म हुनेछ, माग अनुसार आवेदन नपरेमा म्याद जेठ २३ गतेसम्म थपिनेछ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ। आवेदन सी–आस्बा सदस्य बैंक, वित्तीय संस्था र ‘मेरो शेयर’ मार्फत गर्न सकिनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।