सन नेपाल लाइफको हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने

सन नेपाल लाइफ इन्स्योरेन्स

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले हालको चुक्ता पूँजीको २७ प्रतिशतका दरले, अर्थात् १:०.२७ अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो।

इन्स्योरेन्सले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर जारी गर्दैछ।

हकप्रद शेयरका लागि आवेदन दिने अधिकार वैशाख ४ गतेसम्म नेप्सेमा कायम शेयरधनीलाई दिइएको छ, जसका लागि कम्पनीले वैशाख ५ गते बुकक्लोज गरेको थियो। इच्छुक शेयरधनीहरूले जेठ १९ गतेसम्म आवेदन दिन सक्नेछन्।

शेयर बिक्री तथा निष्काशन प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ। आवेदन सन नेपाल लाइफ इन्स्योरेन्सका केन्द्रिय तथा क्षेत्रीय कार्यालय, बिक्री प्रबन्धक कार्यालय तथा सि–आस्वा प्रणालीमार्फत सहभागी बैंक तथा वित्तीय संस्थाबाट दिन सकिनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।