ट्रेड युनियनलाई आन्दोलनका कार्यक्रम स्थगित गर्न कांग्रेस महामन्त्री थापाको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कर्मचारी ट्रेड युनियनलाई आन्दोलनका कार्यक्रम स्थगित गर्न आग्रह गरेका छन् । 

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बुधबार बोल्नेक्रममा महामन्त्री थापाले उक्त आग्रह गरेका हुन् । सांसद एवम् पूर्व स्वास्थ्य मन्त्री समेत रहेका थापाले निजामती विधेयक चाँडै पास गर्ने तयारीमा रहेको बताउदै आन्दोलनका कार्यक्रमहरू स्थगित गर्न आग्रह गरेका हुन् । थापाले समितिले विधेयक अन्तिम टुङ्गो लगाएको बेलामा कर्मचारी ट्रेड युनियनले आन्दोलनका कार्यक्रम गर्ने कुरा रोक्नुपर्ने बताए ।

महामन्त्री थापाले भने, ‘समितिले विधेयक अन्तिम टुङ्गो लगाएको बेलामा कर्मचारी ट्रेड युनियनले आन्दोलनका कार्यक्रम गर्ने कुरा आएका छन् । त्यसलाई रोक्न आग्रह गर्दछु । युनियनहरूले पुनः विचार गर्नुपर्छ । राज्य सबैले मिलेर चलाउने हो । सुस्त रूपमा काम भएको अवस्थामा दबाब दिनु जायज हुन्छ । सबै बसेर सहमति गर्ने खोज्ने विषयलाई सकारात्मक लिएर सबै सरोकारवालाहरूले मदत गर्नुपर्छ ।’

महामन्त्री थापाले विधेयक चाँडै पास गर्ने तयारी रहेको पनि बताए । निजामती कर्मचारी ट्रेड युनियनका नेताहरूले समिति बैठकमा बोल्दै १० बुँदे माग पूरा गर्न ७२ घण्टे अल्टिमेटम दिएका थिए ।  

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।