काठमाडौ । कागेश्वरी मनोहरा नगरपालिका–४ स्थित कोलमोतेश्वर क्षेत्रको निर्माणधीन सार्वजनिक सडकको तस्वीर लिने क्रममा राष्ट्रिय समाचार समिति (रासस) का पत्रकार तथा नेपाल पत्रकार महासंघ रासस प्रतिष्ठान शाखाका वरिष्ठ उपाध्यक्ष पुर्ण प्रसाद मिश्रमाथि भएको अमर्यादित र धम्कीपूर्ण व्यवहारप्रति महासंघले गम्भीर आपत्ति जनाएको छ।
घटनामा पत्रकार मिश्रमाथि निर्माण व्यवसायी संघको प्रतिनिधि बताउने व्यक्तिले तस्वीर खिचेको विषयलाई लिएर गाली गलौज तथा धम्कीपूर्ण व्यवहार गरेको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। समाचार संकलन जस्तो पेशागत कर्तव्य निर्वाह गरिरहेका पत्रकारमाथि यस प्रकारको व्यवहार अत्यन्तै निन्दनीय भएको महासंघले स्पष्ट पारेको छ।
नेपाल पत्रकार महासंघ रासस प्रतिष्ठान शाखाले वैशाख १० गते जारी विज्ञप्तिमार्फत यस्तो व्यवहारले पत्रकारको मनोबल कमजोर बनाउने मात्र होइन, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता माथि प्रत्यक्ष आघात पुर्याउने बताएको छ। घटनाबाट पत्रकार मिश्र मानसिक तथा भावनात्मक रूपमा गम्भीर प्रभावित भएको जानकारी पनि विज्ञप्तिमा उल्लेख छ।
महासंघले यस्ता घटनाको पुनरावृत्ति रोक्न राज्य र सम्बन्धित निकायलाई आवश्यक कदम चाल्न आग्रह गर्दै, संलग्न व्यक्तिलाई तत्काल कानुनी कारबाहीमा ल्याउन माग गरेको छ।


 
		    		 About Us
                        About Us
Comment