गृहमन्त्री लेखकको स्पष्टोक्ति : सत्तासाझेदारीमा समस्या छैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा । गृहमन्त्री रमेश लेखकले सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेबीच कुनै पनि समस्या नरहेको बताएका छन्।

शनिबार नेपाल प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री लेखकले सत्तासाझेदारी सौहार्दपूर्ण रूपमा अगाडि बढिरहेको स्पष्ट गरे।

“सरकार आपसी सहमतिमा क्रियाशील छ,” उनले भने, “ढल्छ-ढल्छ भन्नेहरूलाई हामीले ‘ढल्दैन’ भनेर जवाफ दिनुपरेको हो।”

उनले लोकतन्त्रमा स्वतन्त्र प्रेसको महत्व औंल्याउँदै, लोकतन्त्रविरोधीहरूको पहिलो प्रहार सधैं सञ्चारमाध्यममै पर्ने उल्लेख गरे।

गृहमन्त्री लेखकले नागरिकता विधेयक चाँडै संसदमा प्रस्तुत हुने जानकारी दिंदै यससम्बन्धी समस्या समाधान हुने विश्वास व्यक्त गरे। साथै, उनले गभर्नर नियुक्तिमा कुनै समस्या नरहेको र शिक्षकका मागप्रति सरकारम्भीर रहेको धारणा पनि राखे।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।