परराष्ट्रमन्त्री डा. आरजु राणा आज बैंकक प्रस्थान गर्दै, युएनस्केपको ८१औँ सत्रमा अध्यक्षता गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (UNESCAP) को ८१औँ सत्रमा सहभागी हुन थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गर्दैछिन्।

अप्रिल २१ देखि २५ तारिखसम्म बैंककमा आयोजना हुने उक्त सत्रको अध्यक्षता नेपालले गर्ने भएको छ। हाल नेपाल युएनस्केपको अध्यक्ष राष्ट्र हो, र मन्त्री राणाले नेपालका तर्फबाट सत्रको अध्यक्षता गर्नुका साथै उद्घाटन सत्रमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

यस वर्षको सत्रको मुख्य विषय ‘एशिया तथा प्रशान्त क्षेत्रमा दिगो सहरी विकासका लागि क्षेत्रीय सहयोग’ रहेको छ। मन्त्री डा. राणाको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालय, राष्ट्रिय योजना आयोग र थाइल्यान्डस्थित नेपाली दूतावासका अधिकारीहरूको सहभागिता रहनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।