नेपाल बार एसोसिएसनको नयाँ कार्यसमितिले गर्‍यो पदभार ग्रहण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपाल बार एसोसिएसनमा प्रा. डा. विजयकान्त मिश्रको नेतृत्वमा निर्वाचित नयाँ कार्यसमितिले शनिबार पदभार ग्रहण गरेको छ। बारले आयोजना गरेको वार्षिक साधारणसभा तथा पदभार हस्तान्तरण कार्यक्रममा पूर्व अध्यक्ष गोपालकृष्ण घिमिरेको कार्यसमितिबाट नयाँ समितिले जिम्मेवारी लिएको हो।

गत चैत २३ गते सम्पन्न निर्वाचनमा वरिष्ठ अधिवक्ता मिश्र नेतृत्वको समूह विजयी भएको थियो। कार्यक्रममा अध्यक्ष मिश्रले बारलाई राजनीतिबाट मुक्त र पारदर्शी संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता जनाए।

त्यस्तै, अध्यक्ष पदका प्रत्यासी वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले बारको निर्णयमा राजनीतिक प्रभाव नपर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा अन्य वक्ताहरूले पनि निष्पक्षता, प्रतिष्ठा र एकतामा आधारित काम गर्न नयाँ नेतृत्वलाई सुझाव दिएका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।